धरानबासीहरु पानीको अभावमा काकाकुल भएर बाच्नुपर्ने बाध्यता

धरानबासीहरु पानीको अभावमा काकाकुल भएर बाच्नुपर्ने बाध्यता

सुनसरी । प्रत्येक बर्ष झै यस बर्षको सुख्खा मौसममा पनि धरानमा पानीको अभाव शुरु भएको छ । सुख्खा मौसम आएसंगै धरानबासीहरुको पानी कै अभावमा काकाकुल भएर बाच्नुपर्ने बाध्यता छ । बर्षाैदेखि यो समस्याको समाधान हुन नसक्दा धरानवासीको दिनचर्या नै कठिन हुँदै गएको छ ।

सुख्खा मौसमको समयमा सर्दु खर्दु र तामाखाम जलाधार क्षेत्रका मुहान सुक्दै जाने र पम्पबाट तानेको भूमिगत पानी पर्याप्त नहुने हुँदा बर्षेनी धरानवासीले खानेपानीको समस्या झेल्दै आएका छन् । नेपाल खानेपानी संंस्थान धरानले पानीको वितरणलाई सहज गर्न धरानको टोल टोलमा दिन बिराएर पानी वितरण गरे पनि पर्याप्त नभएको सर्वसाधारणको गुनासो छ ।

धरानमा प्रत्येक दिन दुई करोड लिटर पानीको आवश्कता परे पनि यो मौसममा १ करोड ४० लाख मात्र पानी आपूर्तिृ हुने गरेको छ । धरानको खानेपानीको अभावलाई परिपूर्ति गर्न एसियाली विकास बंैकको ऋण सहयोगमा निर्माण हुदै गरेको खानेपानी परियोजना समेत विवादमा परेपछि धरानवासीमा थप समस्या थपिएको छ ।

विगतमा धारामा पानी नआउँदा खानेपानी संस्थान घेराउ गर्ने, तालाबन्दी गर्ने परिपाटी स्थानीय तहको निर्वाचनसगै बद्लिएको छ । अहिले वडावडाका सर्वसधारण सम्बन्धित वडाका वडाध्यक्षलाई समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् ।

यता नेपाल खानेपानी सस्थान धरानले सु्ख्खा मौसममा पर्याप्त पानी ट्यांकीमा जम्मा हुन नसकेकै कारण सर्वसाधारणलाई खानेपानी वितरण गर्न नसकिएको बताउदै आएको छ ।

एकीकृत सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानमा आएको परियोजना पनि विवादकै कारण समयमा नसकिनु र वातावरणीय प्रभावका कारण बर्षेनी पानीको मुहान सुक्नुले धरानमा बर्षेनी अभाव चुलिदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्