युवकलाई ब्ल्याकमेल गरेपछि यौनकर्मी युवतीको हत्या भएको खुलासा

युवकलाई ब्ल्याकमेल गरेपछि यौनकर्मी युवतीको हत्या भएको खुलासा

काठमाडौं । काठमाडौं नयाँ बस पार्कको एक गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ । उनको हत्या हुनु अघि रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरी ल्याएको हो ।

प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् ।

‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न नदिइ उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन्’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ ।’

उनका अनुसार उनीहरु घटना अघिसम्म अपरिचित थिए । बसपार्कमै भेट भएर सहमतिमा दुई हजार रुपैयाँमा युवती युवकसँग गेष्ट हाउस गएकी थिइन् ।

उनीहरु २२ चैतमा राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्