काठमाडौंमा युवतीको बलात्कारपछि हत्या

काठमाडौंमा युवतीको बलात्कारपछि हत्या

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको बलात्कारपछि हत्या भएको छ ।

गएराति टोखा ७  बसुन्धरामा कच्ची सडकको छेउमा युवतीको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा युवतीको बलात्कारपछि हत्या भएको देखिएको छ । हत्याको आशंकामा ४ जनालाई पक्राउ गरिएको भए पनि अहिलेसम्म युवतीको नाम र ठेगाना खुल्न सकेको छैन । उनका अनुसार मृत्यु भएकी युवती करिब २६, २७ वर्षकी रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्