घर नजिकै रहेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृत्यु 

घर नजिकै रहेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृत्यु 

मोरङ, बैशाख २ गते ।

मोरङको रतुवामाई नगरपालिका २ मा आइतबर दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर स्थानीय एक बालकको ज्यान गएको छ।

रतुवामाई नगरपालिका २ डोरिया बस्ने अदुवा सिंह गनगाईको ६ वर्षका छोरा आवेद सिंह गनगाईको घर नजिकै खेल्नेक्रममा पानी जमेको खाल्डोमा डुबेर आइतबर दिँउसो मृत्यु भएको हो।

दिउँसो करिब २ बजेतिर घरबाट खेल्न निस्केका बालकलाई स्थानीयले खाल्डोमा डुबेको देखेपछि बाहिर निकालेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र झुर्किया पुर्‍याएका थिए।

बालकलाई स्वास्थ्य केन्द्र पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिजुवाबट टोली खटिगई घटना सम्बन्धमा विस्तृत बुझ्ने कार्य भइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्