धनकुटाको नमस्ते झरनामा पर्यटकको भिड

धनकुटाको नमस्ते झरनामा पर्यटकको भिड

अहिले झरना अवलोकन गर्न हरेक शनिबार एक हजारभन्दा बढी र अरु दिन पाँच सयभन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।

नयाँ बर्षको पहिलो र दोस्रो दिनमा मात्रै करीब बीस हजारले अबलोकन गरेको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप सुब्बाले जानकारी दिए ।

कोशी राजमार्गदेखि ३० मिनेटको पैदल यात्रामा पुग्न सकिने झरना करीब ८० मिटर माथिबाट खस्दछ ।

झरनासम्म पुग्न पर्यटन पूर्वाधार कार्यालय काँकडभिट्टा, जिल्ला समन्वय समिति, साँगुरीगढी गाउँपालिका, वडा कार्यालय र स्थानीय वासिन्दाले श्रमदान गरी पूर्वाधार निर्माण गरेका छन् ।

नमस्ते झरनासम्म पुग्न पुल, बाटो, शौचालय, रेलिङ्ग, चेन्जीङ्गरुम, गेटलगायतका पूर्वाधार बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्