काठमाडौंको सडकमै खुलेआम बलात्कारका घटना बढे

काठमाडौंको सडकमै खुलेआम बलात्कारका घटना बढे

काठमाडौँ । मुलुकको संघीय राजधानी काठमाडौंको सडकमै खुलेआम बलात्कारका घटना बढेका छन् । हिजो आइतबार राति मात्रै बसुन्धारास्थित सडकमै एक युवाले गरेको बलात्कार प्रयासको प्रतिरोध गर्दा युवतीको ज्यानै गएको छ ।

टोखा नगरपालिका– ७, बसुन्धारास्थित पुरानो सुकुम्बासी टोलमा आइतबार राति साढे ९ बजेतिर घटना भएको थियो । ढुंगाले हिर्काउँदा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ती युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

एसएसपी पोखरेलका अनुसार युवतीमाथि बलात्कार प्रयास भएको थियो र उनले बलात्कारको प्रतिकार गर्दा हत्या भएको हो । मृतक युवतीको नाम र ठेगाना भने पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ । मृतक युवतीको शव पोष्टमार्टमा लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्