बिराटनगरको भाटभटेनीमा ग्राहकको भिड , वैशाखभर छुटको व्यवस्था

बिराटनगरको भाटभटेनीमा ग्राहकको भिड , वैशाखभर छुटको व्यवस्था

नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ ।

सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्यावस्था भएको कारण ग्राहकको ठुलो घुइचो भाटभटेनीमा देखिएको हो । हाल बिराटनगर र आसपासका ग्राहक साथै छिमेकि मुलुक भारत बिहारबाट पनि ग्राहक आउन थालेका छन् । 

देशका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक स्थल बिराटनगरमा भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स खोलिएको विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले आवर विराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्