सनम शाक्य हत्या काण्ड थप शंकामा , १७ जना प्रहरीको हिरासतमा (नाम सहित)

सनम शाक्य हत्या काण्ड थप शंकामा , १७ जना प्रहरीको हिरासतमा (नाम सहित)

विराटनगर ३ वैशाख ।

विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो ।
३८ जना मध्ये १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २१ जना फरार छन् । प्रहरीको फरार सूचिमा ३३ किलो सुन आयात र समन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुणामणी उप्रेती ‘गोरे’पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचिमा परेका छन् ।
प्रहरीले नियन्त्रणमा लिइएका १७ जना विरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्धामा म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको छ भने अन्य २१ जना विरुद्ध पनि सोही मुद्धामा खोजी अघि बढाएको छ ।
गत फागुन १९ गते शाक्यको शव विराटनगर–३ मा राखिएको स्करपीयो भित्र फेला परेको थियो । उर्लाबारी मोरङ घर भएका शाक्यको हत्या पछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । छानविन समिति गठन भएपछि ३८ जना विरुद्ध अनुसन्धान प्रकृया अघि बढाइएको स्रोतले जानकारी दिएको छ ।
गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको टोली विराटनगर आएपछि गत चैत २६ गते जिल्ला अदालत मोरङबाट पक्राउ परेका १७ जना विरुद्ध अनुसन्धानकालागि १५ दिनको म्याद थप गरिएको थियो भने पक्राउ परेका १७ सहित ३८ जनाको सम्पती रोक्का पनि गरिएको थियो ।
अदालतले चैत २६ गते अनुसन्धानकालागि ३८ जनाको सम्पूर्ण कारोवार रोक्का गर्न अदालतस“ग आदेश मागेको थियोे । अदालतले चैत २६ गते नै अनुसन्धानकालागि ३८ जनाको बैक खाता, जग्गालगायत सम्पती रोक्का गर्न अनुमति दिएको थियो । संगठित अपराध निवारण ऐन २०७० को दफा १६ अनुसार अदालतले रोक्का गर्न अनुमति दिएको हो ।
पक्राउ परेका १७ सहित प्रहरीको खोजी सूचिमा रहेका चुणमणी उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, संदिप खडका, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोवार रोक्न अदालतले अनुमति दिएको हो ।
सनम शाक्यको मृत्यु भएपछि अनुसन्धानकालागि गठित समितिले विभिन्न मितिमा पक्राउ गरेका १७ जना मध्ये १ जनालाई १६ दिन र बाकीलाई १५ दिन म्याद राखेर अनुसन्धान अघि बढाएको हो ।प्रहरीले चाचाजी भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, र माधव भनिने मदनप्रसाद घिमिरे छन् ।
जिल्ला अदालत मोरङबाट उनीहरु मध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागुहुनेगरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
को को छन खोजी सूचिमा
१ मोहनकुमार अग्रवाल (एमके)
२ चुणमणी उप्रेती (गोरे)
३ रमेश उप्रेती
४ नर्वदा खरेल उप्रेती (निरु)
५ दुर्गा खरेल (उप्रेती)
६ भीमकुमारी खरेल
७ डोलेन्द्रप्रसाद खरेल
८ कृष्ण बस्नेत
९ मोहमद उस्ताम मिया (रुस्तम)
१० भविन राई (बोलाउने नाम भविन तामाङ)
११ कमल कार्की
१२ संदिप खडका
१३ चेतन भण्डारी
१४ सुनिल अग्रवाल
१५ प्रमोद श्रेष्ठ
१६ रोहित आचार्य
१७ दावा शेर्पा
१८ भोजराज भण्डारी
१९ रक्षा भण्डारी
२० प्रयास पराजुली
२१ सुरेन्द्र गौतम
को को छन् हिरासतमा
१ महाविर गोल्यान (चाचा जी)
२ सम्बीरप्रसाद तोलाङ्गे
३ मदनप्रसाद घिमिरे(माधव)
४ गोपालकुमार श्रेष्ठ
५ दोराम खत्री
६ बालकृष्ण श्रेष्ठ,
७ बिरेन्द्रमान श्रेष्ठ
८ लाक्पा शेर्पा
९ कपिलराज पुरी
१० हेमन्त गौतम
११ पुन्यप्रसाद लामा(तक्लु)
१२ लालबहादुर मगर
१३ राजु मर्हजन
१४ भुजुङ गुरुङ
१५ टेकराज मल्ल ठकुरी
१६ मोहन काफ्ले
१७ नरेन्द्र काकी ‘कृष्ण’

उद्घोष दैनिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्