लोकतान्त्रीकलाई कांग्रेसमा विलय गराएका गच्छदारलाई विराटनगरमा कार्यकर्ताले भने ‘खै सम्मानजनक समायोजन ?’

लोकतान्त्रीकलाई कांग्रेसमा विलय गराएका गच्छदारलाई विराटनगरमा कार्यकर्ताले भने ‘खै सम्मानजनक समायोजन ?’

विराटनगर, ३ वैशाख
नेपाली कांग्रेसमा गाभिएको नेपाल लोकतान्त्रीक फोरम फेरी पुरानै अबस्थामा आउने हो भन्ने आशंका उब्जीन थालेको छ । आज बिराटनगरमा लोकतान्त्रीका पुराना नेता तथा कार्यकर्ता भेला भएर सहमतिको बिषयमा कुरा उठाउँदै सम्मान जनक स्थानको खोजी गरेका छन् ।
नेपाल लोकतान्त्रीक फोरमका कार्यकर्ता भेलाभई कांग्रेसमा जाँदा भएको सहमतिको कार्यान्वयन नभएको भन्दै आक्रोश ब्यक्त गरेका हुन । तत्कालिन लोकतान्त्रीकका मोरङ जिल्ला अध्यक्ष भक्तिनाथ माझीले आज जारी गर्नु भएको विज्ञप्तीमा नेपाल लोकतान्त्रीक पार्टी नेपाली कांग्रेससँग एकिकरण भएको महिनाँै बितिसक्दा पनि समायोजन हुन नसकेको उल्लेख गरिएको छ । पार्टी एकिकरण र समायोजनाको बिषयमा भएको ढिलाईको बारेमा तत्कालिन केन्द्रिय अध्यक्ष बिजय कुमार गच्छदारलाई समेत कार्यक्रममा बोलाएर जानकारी गराईएको उल्लेख गरिएको छ ।


विराटनगरको बंगलामुखीको सभाहलमा भएको भेलाले कांग्रेससँग भएको सहमती तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ । एकिकरणको समयमा भएको सहमती सम्झौता अनुसार यथासिघ्र सम्मान नजक समायोजनको प्रक्रिया अगाडी बढाउन चालु केन्द्रीय कार्यसमितिको वैठकवाटै निर्णय गर्न गच्छदारलाई दवाव दिएका छन् । गच्छदारलाई चर्को दवाव दिँदै कार्यकर्ता स्तरबाट महत्वपुर्ण भुमिकामा भएकाहरुलाई पनि पार्टीको कुनैपनि स्थान नदिईएको आरोप लगाएका हुन । कार्यकर्ता लेवनमा कांग्रेसमा बिलय भएपछि पार्टी कार्यकर्ता अलपत्र परेको भन्दै गच्छदारको चर्को आलोचना समेत भएको श्रोतले बताएको छ । कार्यकर्ताले उठाएको प्रश्नको गच्छदारले पार्टी भित्र पहल गर्छु भन्ने बाहेक कुनैपनि प्रतिक्रिया दिन सकेनन् । अब बस्ने बैठकमा पार्टी भित्र कार्यकर्ता स्तरबाट यस्तो कुरा आएको छ भनेर जानकारी गराउँदै तत्काल समायोजन प्रक्रियामा लैजान भन्दै पार्टी भित्र कुरा उठाउने भन्दै कार्यकर्तालाई सम्झाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्