विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालय लक्षित वम बिस्फोट, पछाडीको पर्खालमा क्षती

<span class='c1'>विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालय</span> <span class='c2'>लक्षित वम बिस्फोट, पछाडीको पर्खालमा क्षती</span>

विराटनगर, ३ बैशाख ।
विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ मुख्य सडकमा रहेको सप्मर्क क्याम्पलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कयाम्पको पछाडीको वालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए । क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ । तर बम राख्नाको कारण र कसले बम राखेको हो भन्ने बारेमा खोजी भईरहेको प्रहरी उपरिक्षक बिसीले जानकारी दिए । घटना स्थलमा अहिले ब्यापक प्रहरी परिचालित गरिएको छ । घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्