खोटाङ, ३ वैशाख ।
खोटाङको दिप्रुङ गाउँपालिका ४ मा आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको ज्यान गएको छ । उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । राईका छोरा हिटलरले लाइटर खेलाउने क्रममा अचानक फुसको घरमा आगलागी हुँदा जलेर घाइते भएका बालकको उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याउनेक्रममा बाटैमा मृत्यु भएको अस्थायी प्रहरी चौकी भण्डारेघाटले जनाएको छ। आगलागीबाट राईको फुसले बनेको एक तले घर तथा घरभित्र भएका सम्पुर्ण सामानहरु जल्दा करिब दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस