बिराटनगरमा बन्दको प्रभाव सामान्य

बिराटनगरमा बन्दको प्रभाव सामान्य

बिराटनगर बैशाख ४ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन केहि प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान अावागमनमा सामान्य असर परेको छ । सवारीसाधनहरु केहि मात्रामा चलिरहेको छ ।

बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी प्रभावित भएको छ । बन्दको प्रभाव तराईका जिल्लामा सामान्य मात्रै परेको छ ।  बिराटनगरमा सवारीसाधन तथा बजार खुल्ला रहेका छन् । बिराटनगरका शैशिक सस्था भने बन्द नै रहेका छन् । विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित सोमबार बेलुका बम बिस्फोट समेत गराईएको थियो । 

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी र मोरङको सीमानामा पर्ने बुढी खोलाको पुलमा शंकास्पद वस्तु भेटेपछि केहीबेर सडक अवरुद्ध भएको थियोे। सेनाको टोली बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी अरुणकुमार बीसीले जानकारी दिए। उनका अनुसार मोरङमा बन्दको प्रभाव कम मात्रामा परेको छ।

नेकपाले केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राईसहित आठ नेतालाई प्रशासनले पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको खारेजी गरी नेताहरुको रिहाइको माग गर्दै पूर्वी नेपाल बन्द आह्वान गरेको हो। सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको विरोधमा उत्रिएर चरणवद्ध आन्दोलनको घोषणा गरेको नेकपाले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्