राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, बैशाख अन्त्यबाट उडान सुरु हुने

राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, बैशाख अन्त्यबाट उडान सुरु हुने

राजविराज ।  राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्चात् बाँकी रहेको कम्पाउण्ड घेरवार, कार्यालय मर्मत, रंगरोहन लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । यी कामहरु सम्पन्न पश्चात् नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्