‘एक नम्वर संसद भवन असुरक्षित– बाधक समन्वय समितिका प्रमुख’

<span class='c1'>‘एक नम्वर संसद भवन असुरक्षित–</span> <span class='c2'>बाधक समन्वय समितिका प्रमुख’</span>

विराटनगर, ४ वैशाख
एक नम्बर प्रदेश सभाको आज बसेको बैठकमा सांसद भवन असुरक्षित रहेको भन्दै विपक्षी दलले तत्काल सांसद भवनको सुरक्षाको ब्यवस्था गर्न माग गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेका प्रदेश सभा भवनको माथिल्लो तलमा जिल्ला समन्वय समिति रहँदा सुरक्षा संवेदनशिल रहेको बताएका हुन । संसदको सुरक्षाको बिषयलाई मध्यनजर राख्दै जिल्ला समन्वय समितिको कार्यालय तत्काल खाली गरी चारैतर्फ सुरक्षाका पोष्टहरु निर्माण गर्न माग गरिएको हो ।
संसदमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पछिल्ला दिनहरुमा भईरहेको वम आक्रमण, गोली प्रहार तथा वम आंकका कारण त्रास छाएको उल्लेख गर्दै तत्काल शान्ती सुरक्षाको व्यवस्था मिलाउन माग गरे । प्रदेश सभा भवन भएको स्थल चारैतर्फ पर्खाल लगाईएको भएपनि चारैतर्फ सुरक्षाको लागि प्रहरी विट राख्न जोड दिए ।
‘एक त संसद भवनको सुरक्षाको ब्यवस्था राम्रो छैन, कार्कीले भने ‘त्यसमा पनि जिल्ला समन्वय समितिका सभापतिले गरेको अटेरका कारण सेवाग्राहीको आवत जावत हुँदा को मान्छे आएर के छाड्ला र के हुने हो भन्नेमा हामी सांसदहरु नै संसद भवन भित्रै असुरक्षित छौ ।’ सभापतिले जिल्ला समन्वय समिति छाड्ने बारेमा कसैलाई पनि वास्ता गरेका छ्रैनन् । पटक पटक यस बारेमा ध्यानकर्षण गराएको भएपनि समन्वय समितिका प्रमुख नरेश पोखरेलले यो या त्यो बहानामा जिल्ला समन्वय समिति छाड्न आलटाल गर्दै आएको सांसदहरुले आरोप छ ।
संसदमा पनि त्यही बिषयले प्रवेश पाएको हो । कार्कीले भने, ‘जिल्ला समन्वय समितिका प्रमुखले आफ्नै घरको सम्पति जस्तै गर्नु भएको छ,यो बिषय ठिक हैन, संसद भवनलाई असुरक्षित गराउन हुँदैन ।’ उनले संसद भवन बाहिरका क्षेत्रलाई सिसी क्यामेराको निगरानीमा राख्न समेत सुझाव दिएका छन् । कार्कीले प्रदेश सरकारले थालेको २० मिनेटमा घटना स्थलमा प्रहरी कार्यक्रम प्रभावकारी नभएको, उदयपुरमा भएको वम आक्रमण, २५ गते हिन्दुधर्मगुरु श्रीनिवासाचार्य माथि भएको गोली प्रहार, गए राती मात्र भारतीय राजदुतावासको सम्पर्क कार्यालयमा भएको वम आक्रमण लगायतको बिषयले प्रदेश सरकारलाई धरापमा पार्न खोजिएको र संघियता असफल पार्ने षड्यन्त्र भएको कार्कीको भनाई छ ।
बिशेष समय लिएरै बोलेका संंघिय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले श्रीनिवासाचार्यलाई गोली हान्ने ब्यक्तिलाई छानविन गरि दोषिलाई कार्वाही गर्न माग गरे । तर उनले पक्राउ गर्ने नाममा सर्बसाधारण निर्दोष ब्यक्तिलाई तर्साउने डर देखाउने र नियन्त्रणमा लिने काम नगर्न आग्रह गरे । राजदुतावास सम्पर्क कार्यालयलाई लक्षित गरि भएको घटना राजनीति गतिबिधि नभई आपराधिक गतिबिधि भएकोले तत्काल यस्ता गतिबिधि नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
सदनमा विपक्षी दलहरुले उठाएको गम्भीर विषयमा जवाफ दिँदै एक नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले श्रीनिवासाचार्य माथि भएको आक्रमण गर्नेहरुको खोली भईरहेको र अहिले सम्म ५ जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिए । प्रहरीले चैत २५ गते २ जना, २६ गते एक जना र २७ गते २ जनालाई पक्राउ गरेको उनले बताए । प्रहरीलाई अनुसनधानको लागि कल डिटेल्स लिनको लागि समय लाग्ने भएकोले अनुसन्धानमा समस्या भएको उनले संसदमा जवाफ दिए ।
उर्लावारीमा महिलामाथि भएको बलात्कार गरी हत्यामा संलग्नलाई मुस्ताङवाट पक्राउ गरिएको,झापाको विर्तामोडका सुन ब्यापारीको हत्यामा संलग्नलाई पक्राउ गरिएको संसदमा प्रष्टिकरण दिएका हुन् ।
समस्या प्रदेश संचालनमा
एक नम्बर प्रदेश सरकार तत्काल कानुन आउन नसक्दा समस्यामा परेको छ । प्रदेश सांसदहरुले उठाएको सुरक्षा सम्बन्धि बिषयमा जवाफ दिँदै प्रदेश सरकारका प्रवक्ता कार्कीले केन्द्रिय सरकारसँगको शक्ति बाँडफाँडमा कानुन नबन्दा सुरक्षाका बिषय कतिपय अबस्थामा समस्यामा रहेको बताए । प्रहरी बाँडफाँड नुहँदा समस्यै समस्या छ, मन्त्री कार्कीले भने, अहिलेका प्रहरी केन्द्रीय सरकार माताहतमा छन् ।’
सर्बसाधारणले वम भएको १५ मिनेट अघि नै प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरी ढिलो पुग्दा विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित गरि वम विस्फोट भएको बाहिर आएको छ । स्थानीय प्रत्यक्षदर्शी शुसिला घिमिरेले प्रहरीलाई जानकारी दिएको ८ बजे नै थियो तर त्यो बारेमा प्रहरीले चासो नदिँदा हिजो रातीको बम विस्फोट भएको हो । मन्त्री हिक्मत कार्कीले पनि संसदमा जवाफ दिँदा ८ बजे नै प्रहरीलाई खबर भएपछि आठ बजेर १५ मिनेटमा वम पड्किएको जानकारी दिए । माक्स लगाएका आएका २ जनाले मोटरसाईकलमा आएर झोलामा छाडेर गएको संसदलाई सुनाए । प्रारम्भीक चरणमा विप्लव माओवादीले आब्हान गरेको बन्दलाई सफल बनाउनको लागि आतंकित पार्न वम पड्काएको हुनसक्ने पाईएको उनले जानकारी दिए ।
संसदमा यी संसद बोले
आज वसेको संसद बैठकमा १० जना सांसदले आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या संसदलाई सुनाएका छन् । आजैको संसद बैठकमा राजधानीको बिषयले पनि प्रवेश पाएको छ । आजको संसद बैठकमा बोल्ने धनकुटाकी संसद विनादेबी राईले पहिलाको प्रशासनिक केन्द्रको सम्मान गर्दै राजधानी धनकुटा नै तोक्नु पर्ने माग राखिन् । त्यस्तै सर्वध्वज साँवा लिम्बुले सुनसरीको ईटहरी, झुम्का वा तरहरालाई आधार बनाएर बिराटनगरको राजधानीको बिकल्प खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्