विराटनगर, ४ वैशाख ।
मोरङको बुढीगंगा गाउँपालिका ३ मा रहेको पायोनियर केबुल वायर उद्योगमा आगलागी भएको छ । फलाम वेल्डिङ गर्ने क्रममा निस्केको झिल्कोले स्टोरमा भण्डार गरिएको मेशीनमा हाल्ने तेलमा आगो सल्किएको थियो , आगलागीबाट करिब एक हजार लिटर तेल जलेको प्रहरीले जनाएको छ । तत्काल आएको विराटनगर महानगरपालिकाको वारुणयन्त्रको सहयोगबाट आगो नियन्त्रणमा लिईएको थियो । आगलागीबाट करिब २ लाखको क्षती भएको जनाईएको छ ।