आज अक्षय तृतीया, सर्वत र जौको सातु खाने दिन

<span class='c1'>आज अक्षय तृतीया, सर्वत र</span> <span class='c2'>जौको सातु खाने दिन</span>

विराटनगर, ५ वैशाख  । बुधबार वैशाख शुक्ल तृतीया, स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने चलन छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वास छ ।

घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्