बालगृहमा राखी जबरजस्ती करणी गर्नेलाई १० वर्ष कैद

बालगृहमा राखी जबरजस्ती करणी गर्नेलाई १० वर्ष कैद

चितवन । १२ वर्षीया बालिकालाई बालगृहमा राखी जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेका अभियुक्त ६१ वर्षीय गोविन्द ढकाललाई चितवन अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार १० वर्ष कैद र २० हजार क्षतिपूर्ति भराउने सजाय सुनाएका छन् ।

बालिकाले आमालाई घटनाका बारेमा जानकारी गराएपछि आफन्तले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा परीक्षण गरी आमाले कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।

किटानी जाहेरी दिएको दिन नै इलाका प्रहरी कार्यालय रत्ननगरले अभियुक्त ढकाललाई पक्राउ गरेको थियो ।

पूर्वी चितवनको रत्ननगर–१ स्थित भक्तिनीमा बिनादर्ता सञ्चालित सो बालगृहका सञ्चालक ६१ वर्षीय ढकालले गृहमा आश्रित १२ वर्षीया बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहितको उजुरी दिएपछि घटनाबाहिर आएको हो ।

अभियुक्त ढकाल सेवा निवृत्त शिक्षक हुन् । ढकालले ती बालिकालाई २०७३ वैशाखदेखि २०७४ भदौसम्म पटकपटक करणी गर्दै आएको बालिकाले प्रहरीलाई बयान दिएकी छन् । पाँच वर्षदेखि सो बालगृहमा बस्दै आएकी ती बालिका सञ्चालक ढकालको अत्याचार सहन नसकेर गत भदौं महिनामा आफ्नै घर सुर्खेत गएकी थिइन् ।

सो बालगृहमा बालिका बलात्कृत भएको रहस्य बाहिर आएपछि त्यहाँ रहेका अन्य तीन बालिकालाई जनप्रतिनिधिको सहायताले उद्धार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्