१७ वर्षीय बेलायती विद्यार्थीले सगरमाथा आरोहण गर्ने

<span class='c1'>१७ वर्षीय बेलायती विद्यार्थीले</span> <span class='c2'>सगरमाथा आरोहण गर्ने</span>

काठमाडौं, बैशाख ५ । १७ वर्षीय बेलायती विद्यार्थी डिमट्रि टरटिचिनमीले सगरमाथा आरोहण गर्ने भएका छन् ।

ग्लोबल एक्स नेपालको पर्यटन दूतसमेत रहेका उनी सगरमाथा आरोहणसँगै युरोप र रुसका सबैभन्दा कम उमेरका आरोही विद्यार्थी घोषित हुनेछन् ।

उनले १२ वर्षको उमेरबाट हिमाल आरोहणको यात्रा शुरु गरेका हुन् ।

सगरमाथा आरोहण गर्नुअघि आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अफ्रिका, युरोप र एसियाका उच्च शिखरमध्ये ६ वटा आरोहण गरी सकेको बताए ।

हिमाल आरोहण गरेर प्राप्त रकम उनले नेपालका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।

ग्लोबल एक्सन नेपालका निर्देशक बाबुकाजी श्रेष्ठले नेपालका ग्रामीण क्षेत्रका शिक्षाबाट बन्चित विद्यार्थीका लागि खर्च गर्ने योजना रहेको बताए ।

हिमाल आरोहणमा १७ वर्षिय विद्यार्थीसहित २० जनाको टोली सहभागी हुने छ । उनीहरु बिहीबार हिमाल आरोहणमा जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्