सुनसरीका ३७ घरबारविहीन परिवारलाई लागि निर्मित आवास हस्तान्तरण

सुनसरीका ३७ घरबारविहीन परिवारलाई लागि निर्मित आवास हस्तान्तरण

इटहरी,५ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी र्पुयाउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।
मुख्यमन्त्री राईले बुधबार बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न पुगेका ३७ घरपरिवारका लागि निर्माण भएको आवास हस्तान्तरणपछि आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हुन् ।
इटहरी उपमहानगरपालिका–१० को सुकुम्बासी बस्तीमा पसेको बाढीले घरबारविहीन बन्न पुगेका सुकुम्बासी परिवारको बसोबासका लागि एसओएस बालग्राम इटहरीको आपत्कालीन राहत कोषमार्फत क्विक रेस्क्यु टिम नेपाल तथा अन्य विभिन्न संघसंस्थासमेतको रु ५२ लाखको लागतमा त्यहाँ ३७ परिवारको घर निर्माण गरिएको हो ।
ती घर सम्बन्धित परिवारलाई हस्तान्तरणपछि मुख्यमन्त्री राईले एसओएसलगायतले आपत्कालीन मानव सेवा भावनाले प्रेरित भएर गरिएको यो उदाहरणीय कार्यबाट हामी नेपालीले राम्रो शिक्षा लिन जरुरी रहेको बताए ।
उक्त अवसरमा मावन परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचना निर्माण भएको प्रति ध्रुव सुब्बाले खुशी व्यक्त गर्दै सुकुम्बासीको स्थायी समस्या समाधानमा प्रदेश सरकाले पनि ठोस नीति ल्याउन आग्रह गर्नुपर्ने बताए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्