विद्यालय भर्ना गर्ने विद्यार्थी खोज्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री थलाहा पुगे

विद्यालय भर्ना गर्ने विद्यार्थी खोज्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री थलाहा पुगे

सुमन सुस्केरा
विराटनगर, ५ वैशाख ।
वैशाखको चर्को घाम । त्यही चर्को घाका बिचमा हातमा प्लेकार्ड र ब्यानर सहित निस्किएको ¥याली । त्यही ¥यालीका विचमा थिए एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे । अनी त्योसँगै सांसद, कटहरी गाउँपालिका भित्रका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, प्रधानाध्यापक सहितका बिद्यार्थी र बालबालिकाका अभिभावकहरु पनि लामबद्ध रुपमा नारा नगाउँद्रै हिँडेका । गाउँका बिभिन्न स्थानमा बिद्यार्थी भर्ना गर्नु पर्छ भन्दै टोली बिद्यालयमा बालबालिका भर्ना नगर्नै अभिभावककोमा मात्र पुगेन बिद्यालय नआएका बालबालिकालाई गाडीमै हालेर बिद्यालयसम्म ल्याएर भर्ना गरे । यो अबस्था कटहरी गाउँपालिका वडा नम्बर ७ थलाहाको हो । अहिले पनि थलाहाका धेरै बालबालिका बिद्यालय बाहिर रहेको कारण पनि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सो स्थानमा पुगेर कार्यक्रमको आयोजना गरेको हो । सामाजिक विकास मन्त्री घिमिरेले आफ्ना बाबुनानीलाई बिद्यालय नपठाउने अभिभावक सहित मन्त्रीकै गाडी चढाएर कटहरी गाउँपालिका थलाहामा रहेको जनमा माध्यामिक बिद्यालयमा ल्याएर भर्ना गराए । उनले १८ जना बिद्यालय नआएका बालबालिकालाई एकै पटक भर्ना गराएर पाठ्यपुस्तक समेत हस्तान्तरण गरे ।
कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्, बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउनु पर्छ भन्ने उद्देश्यले सचेतना फैलाउनको लागि यस्तो कार्यक्रम आयोजना गरेकोमा बिद्यालयलाई मन्त्री घिमिरेले धन्यवाद दिए । मन्त्री घिमिरेले शिक्षा र चेतनाको हिसावले थलाहा गाउँपालिका धेरै पछि परेको उल्लेख गर्दै विराटनगर महानगरपालिका नजिकै भएपनि अझै शिक्षाको स्तरमा सुधार हुन नसकेको औल्याए । ऋषिदेव, बाँतर, झाँगड, सरदार, अरु समुदाय अरु समुदायको तुलनामा अगाडी बढ्न नसकेको औल्याउँदै समाजका सबै बर्ग र समुदाय सँगै अघि बढ्न नसके सोचे अनुसारको समृद्धी हाँसिल गर्न नसकिने मन्त्री घिमिरेको भनाई छ ।
बिद्यालय तहको शिक्षालाई निशुल्क गराउने अभियान अन्तगरतका कुनै पनि बालबालिका बिद्यालय जान पाउनु पर्ने, पढ्न पाउनु पर्ने अधिकारबाट बञ्चित हुनु नहुनेमा सहभागीले जोड दिए । प्रदेश सांसद विजय विस्वासले कुनैपनि अबस्थामा आफ्ना बाबुनानीलाई बिद्यालय भर्ना गरेर राम्रो शिक्षा हासिल गराउनमा अभिभावकहरु लाग्नुुपर्ने बताए ।
बिद्यालयमा बिद्यार्थी नहुने अबस्था अहिले पनि सामुदायिक बिद्यालयमा रहेको छ । तर अब गजाउँगाउँमा संचालन हुने शिक्षा सम्बन्धि सचेतना अभियानले बालबालिकालाई मात्र हैन अभिभावक र शिक्षकलाई पनि दवाव सिर्जना गर्नेमा सहभागीको जोड छ । यस बर्ष देखि अधिकांश गाउँपालिका तथा नगरपालिकाहरुले सामुदायिक विद्यालयको स्तर बृद्धीको लागि भन्दै अंग्रेजी माध्यामबाट पठन पाठन गराउने भएका छन् ।
हरेक बर्ष एक महिनालाई सरकारले बिद्यार्थी भर्ना बर्षको रुपमा मनाउँदै आएको छ । त्यही सन्दर्भमा प्रदेश सरकारले पनि बिभिन्न बिद्यालयमा पुगेर बालबालिकालाई बिद्यालय भर्ना गराउन थालेको हो । कटहरी गाएँपालिकाका अध्यक्ष रामकुमार कामतले शिक्षा क्षेत्रको विकासका लागि यो बर्षदेखि नै सबै बिद्यालयलाई अंग्रेजी माध्यामबाट पठन पाठन थालिएको बताए । पैसा हुने निजी बिद्यालयमा भर्ना हुने पैसा नहुनेहरु सरकारी बिद्यालयमा जाने अनी शिक्षाको अबस्थामा सुधार हुन नसकेपछि सबै सामुदायिक बिद्यालयलाई अंग्रेजी माध्यामबाट पठन पाठन थालिएको उल्लेख गरे । त्यसका लागि गाउँपालिकाले पनि सबै बिद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको छ। सहभागीले अहिले बिद्यालयहरुमा बालबालिकालाई ल्याउने काममा बिद्यालय तथा गाउँपालिकाले खेलेको भुमिकाको बिषयमा प्रशंसा गरेका थिए । सांसद बिजय विस्वासले अहिले पनि धेरै बालबालिका बिद्यालय नजाने खालका प्रबृती कायम नै रहेकोे अबको दिनमा सबै स्थानीय तह तथा विद्यालयहरु लाग्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्