धनकुटामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनकुटा, ६ वैशाख ।
कोशी राजमार्ग अन्तरगत धनकुटामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ। दुर्घटनामा धनकुटा नगरपालिका ९ का १८ वर्षीय सरोज भण्डारीको ज्यान गएको हो । त्यस्तै सोही ठाउँका २५ वर्षीय पवन भण्डारी तथा नाम नखुलेका ट्याक्टर चालक गम्भीर घाइते भएका छन्। को १ त ३११५ नम्बरको ट्याक्टर साँझ ७ बजेतिर धनकुटा नगरपालिका ९ कोशी राजमार्गमा अनियन्त्रित भईदुर्घटना भएको हो । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लैजानेक्रममा सरोजको बाटैमा मृत्यु भएको थियो । अन्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ। यसैगरी बुधबार अपरान्ह साढे ४ बजेतिर सोही ठाउँमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को. १५ प ४१६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी वराहक्षेत्र नगरपालिका ७ का ४० वर्षीय मोतीराम राई र पछाडी सवार उनकी पत्नी ३२ वर्षीया सन्तोषी राई घाइते भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्