विराटनगरका एकमात्र प्रतिस्पर्धी रविन भुजेल ‘वुगीवुगी’मा

<span class='c1'>विराटनगरका एकमात्र प्रतिस्पर्धी</span> <span class='c2'>रविन भुजेल ‘वुगीवुगी’मा</span>

विराटनगर, ६ बैशाख । एपीवान एचडी टेलिभिजनको नयाँ डान्स रियालिटी शो ‘वुगी वुगी’ कार्यक्रममा विराटनगरका एक मात्र प्रतिस्पर्धी उत्कृष्ठ १६ मा पर्न सफल भएका छन् । गत चैत्रबाट प्रसारण भईरहेको उक्त टेलिभिजन प्रतियोगितामा विराटनगर १६ दक्षिणगेटका २९ बर्षिय रविन भुजेल उत्कृष्ठ १६ मा पर्न सफल भभएका हुन । उनले कार्यक्रम मार्फत राम्रो प्रस्तुती दिईरहेका छन् ।
सानैदेखि नृत्यप्रतिको लगाव राख्ने रविन आफ्नो साथी सन्तोष परियारले बुगी बुगीमा जाने सल्लाह दिएपछि प्रतियोगितामा सहभाी हुन पुगेका उनी उत्ृकष्ठ १६ मा छानिए । चर्चित गायन प्रतियोगिता ‘नेपाल आइडल’ को सफलता पश्चात एपीवानले नृत्य प्रतियोगिता ‘बुगी वुगी’ अहिले एपीवानबाट प्रशारण भईरहेकोछ । प्रतियोगितामा दिलिप रायमाझी, प्रियंका कार्की र कविराज गहतराज निर्णायकको रुपमा रहेका छन् । नेपाल आइडलबाट निकै राम्रो दर्शक पाएको एपिवान टेलिभिजनबाट यो कार्यक्रम पनि उत्कृष्ठ हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्