बिराटनगरमा एमआई ब्राण्डको स्मार्ट सोरुम सञ्चालनमा

बिराटनगरमा एमआई ब्राण्डको स्मार्ट सोरुम सञ्चालनमा

विराटनगर बैशाख ६ , एमआई ब्राण्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सहितको स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा गरेका छन् ।

विराटनगरका प्रतिष्ठीत व्यवसायीहरु विनितकुमार सारडा, नितेशकुमार मुन्दडा र सौरभ सारडाले विराटनगर बजारको जैन भवन छेउ उक्त स्मार्ट सोरुम संचालनमा ल्याएका हुन् । हालसम्म एमआई का स्मार्ट सोरुम काठमाण्डौंमा मात्र सिमित रहेकोमा उपत्यका बाहिर तथा १ नं. प्रदेशकै पहिलो स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको हो ।

स्मार्ट सोरुमले चीनको ख्याति प्राप्त एमआई ब्राण्डका मोवाईल, एसेसोरिजका साथै विभिन्न खालका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सस्तो दरमै विक्री वितरणमा ल्याएको छ । वातावरणलाई मध्यनजर गर्दै विश्वभरका विकसित मुलुकहरुले ईको सिस्टम प्रोडक्टस्हरुको उत्पादन गर्न थालेकोमा सो अन्तरगत चीनले हाल १६० वटा सामग्रीहरु उत्पादन गर्दै आएको छ । सो मध्ये करिब ८०–९० थरीका ईको सिस्टम प्रोडक्टस् (सामग्री)हरु यस स्मार्ट सोरुममा उपलब्ध हुनेछन् ।

सोरुममा हाल स्मार्ट फोनका अलावा मोसन सेन्सर लाईट, स्मार्ट इलेक्ट्रीक स्कुटर, स्मार्ट लेम्प तथा डेष्क लेम्प, स्मार्ट वेटिंग मेसिन, स्मार्ट टि.भी., नोट बुक, स्मार्ट वाच, एयर प्यूरिफायर, वाटर प्यूरिफायर, फिटनेश ब्याण्ड, टवेल, फिल्टर जडित मास्क, पोल्राइज्ड चश्मा, वालेट, पकेट स्पीकर, भि.आर. बक्स, राउटर, सुटकेश आदि सामग्रीहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्