विराटनगरमा बर्थिङ सेञ्टर सञ्चालन गर्ने तयारी

विराटनगरमा बर्थिङ सेञ्टर सञ्चालन गर्ने तयारी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले बर्थिक सेन्टर सञ्चालनको तयारी थालेको छ । विराटनगर रहेको स्वास्थ्य केन्द्रको भवनबाट महानगरले बर्थिक सेवा सञ्चालन गर्न लागेको हो ।

विराटनगर १५ मा रहेको अस्पताललाई पनि १५ सैय्याको बनाउने तयारी थालेको महानगरले विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको हो ।

विराटनगर महानगरपालिकाले बर्थिङ सेन्टर सञ्चालनका लागि जनशक्ति व्यवस्थापनसहित आवश्यक तयारी थालेको मेयर भीम पराजुलीले जानकारी दिए । ‘आवश्यक जनशक्ति पनि खोजी गरिरहेका छौैं ।’ मेयर पराजुलीले भने ‘महानगरले कर्मचारी छनोट गर्न विज्ञापन गरिसकेको छ ।’

उनी सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य सेवामा पहुच पुर्याउन महानगरले सेवा विस्तार गर्न लागेको बताए । साविक झोराहाटमा निर्माण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई महानगरपालिकाले बर्थिङ सेन्टरको रुपमा उपयोग गर्ने छ ।

विराटनगर ५ मा निर्माण गरिएको स्वास्थ्य केन्द्रको भवनलाई व्यवस्थित गरी नगर स्वास्थ्य केन्द्र सञ्चालन गर्न लागिएको हो । तीन जना डाक्टरहरु रहेको विराटनगर–१५ मा सञ्चालनमा रहेको अस्पताललको स्तरउन्नती गरी १५ सैय्याको बनाइने मेयर पराजुलीले जानकारी दिए । (उद्घोषबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्