काठमाडौको गाडी काँडेतार सहित विराटनगर हुँदै वुढीगंगा पुग्यो (भिडियो सहित)

काठमाडौको गाडी काँडेतार सहित विराटनगर हुँदै वुढीगंगा पुग्यो  (भिडियो सहित)

विराटनगर, ६ वैशाख
बिहीवार विहान करिब ९ बजे तिर एउटा सेतो नम्बर प्लेट भएको गाडी हुँईकिँदै विराटनगरबाट बुढीगंगा गाउँपालिकाको नेमुवामा पुग्यो । नेमुवा चौकबाट पुर्ब लागेको गाडीको पछाडी निर्माण सामाग्रीहरु राखिएका थिए ।
बा २ झा २६३६ नम्बरको गाडी हुँईकिँदै करिब १ किलो मिटरको दुरीमा रहेको एउटा मिलमा गएर रोकियो । केही निर्माण सामाग्रीहरु सहित पुगेको गाडीमा २ जना महिला र २ जना पुरुष सहित एकजना ड्राईभर थिए । ससुरालीमा आएका ज्वाईले सरकारी गाडीको पछाडीको भाग पुरै भरिने गरि जग्गा घेर्ने सिमेन्टका पोल र पोलमा लगाउने काँडेतार राखेका थिए । यसरी सरकारी गाडीमा पोल र काँडेतार सहित गाउँमा यसरी पुगेको गाडी देखेपछि त्यहाँको बारेमा जानकारी लिन पुग्दा उक्त गाडी अधिकार सम्पन्न बाग्मती सुधार आयोजनाको भएको सवारी चालकले बताए ।
केही बेरको प्रतिक्षा पछि गाडीबाट ओर्लिएका गाडीमा आएका आएका रहेछन् सोही कार्यालयका ईन्जिनियर प्रभात श्रेष्ठ रहेन् । उनले त्यो गाडी काठमाण्डौबाट ल्याएका रहेछन् । पारिवारिक भेटभाटमा सम्म सहजै भेटिने सरकारी गाडीहरु ससुरालीको निर्माण सामाग्रि सामाग्री लिएर हिँडेको देख्दा स्थानीयपनि अचम्मीत देखिन्थे । उनको घर ईटहरी भएको चालकले जानकारी दिए । तर उनी ससुराली आउँदा यसरी एउटा काममा प्रयोग हुनु पर्ने सवारी अर्कै काममा भेटिएको हो । श्रेष्ठले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कामको सिलसिलामा आएको भनेर बोल्नै नचाहेर भागेका श्रेष्ठको बारमा जानकारी लिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा जानकारी डिभिजन ईन्जिनियर राजेन्द्र न्यौपानेलाई फोन गर्दा उनले कुनै कार्यक्रम नभएको जानकारी दिए ।
श्रेष्ठको ससुराली विराटनगर भएको र उनको ससुराको सो मिल त्यहाँ रहेको कारण सोही मिलको घेराबेराको लागि सामाग्री लिएर गाडी त्यहाँ पुगेको उनले बताएका छन् । उनले भिडियोमा बोलेका कुरा र चालकले भनेको कुरालाई आधार मानेर तयार पारिएको यो घटना क्रमको बिस्तृत विवरण अझै प्राप्त भएको छैन ।

https://www.youtube.com/watch?v=wUpPbm-No7I&feature=youtu.be

तर यसरी सरकारी दुरुपयोग गरेर घरको काममा सरकारी गाडीको प्रयोग गर्नुलाई कसैले पनि राम्रो मानेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्