१ नम्बर प्रदेशमा शुरुभयो प्रदेशको नाम र स्थायी राजधानीको छलफल

<span class='c1'>१ नम्बर प्रदेशमा शुरुभयो प्रदेशको</span> <span class='c2'>नाम र स्थायी राजधानीको छलफल</span>

विराटनगर, ६ वैशाख । पटक पटक १ नम्बर प्रदेश संसदमा बहसको बिषय बनेको भएपनि सरकारमा आउन नसकेको प्रदेशको स्थायी राजधानी र प्रदशको नामको बिषयमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेश नं १ को नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सरकारमा पहिलो पल्ट औपचारिक छलफल शु्रु भएको छ । प्रदेश सरकार गठन भएको दुइ महिनापछि औपचारिक रुपमा प्रदेश सरकारमा दूई विषयमा प्राथमिकतामा पर्दै छलफल अघि वढेको हो । मुख्य मन्त्री शेरधन राईले विहिवार संसदीय दलका नेताहरुलाई वोलाएर प्रदेशको नामाकरण, स्थायी राजधानी लगायतका विषयमा छलफल गरेका हुन । प्रदेश सरकारले नामाकरण र स्थायी राजधानीको टुङ्गोका विषयमा भने प्रदेश सभामा प्रवेश पाएको छैन । मुख्यमन्त्रीको आवास रहेको राष्ट्र वैकको हलमा आब्हान गरिएको सर्वदलिय वैठकपछि संचारकर्मीसंग कुरा गदै मुख्यमन्त्री राईले छिटै प्रदेशको नामाकरण र अस्थायी राजधानीको बारेमा प्रारम्भिक छलफल भएको उनले बताए । प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सभाबाट छिटै टुङगो लगाउन संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएर छलफल थालिएको हो ।
‘प्रदेश सरकारको प्रमुखको हैसियतले यस विषयमा मैले सहजीकरण,संयोजक गर्ने छलफल,परामर्श गर्ने कार्यको आजबाटै शुरुवात गरेको छु, मुख्यमन्त्री राईले भने, सर्वसम्वद रुपमा प्रदेशको नामाकरण,स्थायी राजधानी तोक्ने कुरा प्रदेश सरकार सचेत छ ।’
मुख्यमन्त्री विराटनगरमा स्थायी राजधानी राख्ने कुराको विपक्षमा रहेको छ भन्ने हल्ला वाहिर छ नी भनी संचारकर्मीले गरेको जिज्ञासमा उनले भने ‘यो कुरा सतप्रतिशत गलत हो, हामी सहमतीको आधारमा निर्णय गर्छौ प्रदेशको नाम र राजधानी ब्यक्तिगत गर्ने निर्णय हैन ।’ छलफलमा नेपाली काग्रेसका संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरमका जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्वाहाम्फे सहभागी थिए । त्यसैगरी प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्