विराटनगरको दुध फारममा गाडीको ठक्कर, झापा -मोरङमा दुईजनाको मृत्यु

विराटनगरको दुध फारममा गाडीको ठक्कर, झापा -मोरङमा  दुईजनाको मृत्यु

बिराटनगर, ७ बैशाख ।
झापा र मोरङमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ। कोशी राममार्ग अन्तरगत विराटनगरको दुधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिंदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको ज्यान गएको छ। कार्कीलाई विराटनगर ४ स्थित दुध फारम अगाडी भ्यानले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी कार्य भईरहेको छ। यसैगरी झापाको बुद्धशान्ती गाउँपालिका ७ मा ट्याम्पु दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन। मेची राजमार्ग अन्तरगत किटेनीमा इलामबाट झापातर्फ आउदै गरेको को १ ह ८७५८ नम्बरको ट्याम्पोको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा ट्याम्पोमा सवार बुद्धशान्ति गाउँपालिका ४ की २० वर्षीया सुनिता लिम्बुको उपचारको क्रममा विर्ता सिटी हस्पिटल विर्तामोडमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अन्य घाइतेहरुमा ट्याम्पोका चालक मोरङ पथरी–३ का सन्त लिम्बु, बुद्धशान्ती गाउँपालिका ४ की ५३ वर्षीय बुद्धिमाया सुब्बा र ४० वर्षीय भिमकुमारी सुब्बा रहेका छन। घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्