प्रदेश नंं १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

प्रदेश नंं १ को नाम र राजधानीबारे सुझाव लिन सर्वदलीय बैठक

विराटनगर । प्रदेश नंं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको  सर्वदलीय बैठक बसेको छ ।

मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ ।

अर्को सर्वदलीय बैठकमा दलबाट प्राप्त सुझाव पेश गर्न आग्रह गरिएको प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्