ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने

ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने

बीबीसी । ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने भएको बताइएको छ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाली महिलाहरुको कूल सङ्ख्या १०० पुर्याउन अहिले १५ महिलाहरुको समूहले सो यात्रा तय गरेका हुन् ।

उनीहरुका साथमा पाँच पुरुषहरु पनि यस आरोहण कार्यक्रममा सहभागी हुने बताइएको छ । यसअघि २००८ मा मात्र यति ठूलो समूहमा नेपाली महिलाहरुले हिमाल चढेका थिए । त्यति बेला दशै जना शिखरसम्म पुगि फर्केर आउन सफल भएका थिए । त्यसकारण यस वर्षपनि महिला शक्तितर्फ ध्यानाकर्षण गराउन नेपाली महिलाहरुले यो अवसरको फाइदा उठाउने तयारी गरिरहेको बताइएको छ ।

बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देशका साथ महिला शक्ति प्रदर्शन गर्नकै लागि ठूलो समूहमा आरोहण गर्ने निर्णय लिइएको बेस क्याम्प स्थित शर्मिला लामाले बीबीसीसँग बताएकी हुन् । उक्त समूहमा पाँचजना महिला संचारकर्मीहरु पनि रहेका छन् । त्यसैले पनि आफूले दिन खोजेको सन्देशको राम्रो प्रचार हुनेमा विश्वास रहेको फोटो पत्रकार पूर्णिमा श्रेष्ठले बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्