यौन प्यास मेटेर आफ्नै प्रेमिकाको हत्या गर्ने प्रेमी समातिए

यौन प्यास मेटेर आफ्नै प्रेमिकाको हत्या गर्ने प्रेमी समातिए

बुटवल ।मानिसहरु प्रेममा किन पर्छन् जीवन खुसी बनाउन वा अकालमै जीवन गुमाउन ? सायदै यसको उत्तर आउला खुसी बनाउन एक अर्काको दुख सुखमा साथ दिन ।

तर कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुनेगरेका छन् । रुपन्देहीमा केहिदिन अघि यस्तै घटना घटेको छ ।
प्रेम सम्बन्धले एक युवतीको अकालमै ज्यान गएको छ । रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ की १५ बर्षिय युवती सरस्वती हरिजन यहि स्वार्थको शिकार बनेकी छन् ।

प्रहरीको अनुसन्धानपछि रुपन्देही ओमसतिया गाउपालिका वडा नं ६ बस्ने बर्ष १८ को प्रेम सागर केवटलाई बैशाख ५ गते नियन्त्रणमा लिएको हो । केवटले प्रहरीसंगको बयानमा ती युवतीसंग ३ —४ बर्ष पहिलेदेखि नै चिनजान भई प्रेम सम्बन्ध रहेको बताएका छन ।

केवटले बैशाख ३ गतेको रात ती युवतीसंग नै बिताएको र यौन प्यास मेटेर बिहानपख उसैको कपालले नै घाटि कसेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याललाल ज्ञवालीले बताउनु भयो ।

केवट रुपन्देही ओमसतिया गांउपालिका वडा नं ६, शिबलवाहाका १८ बर्षिय युवक हुन् । उनले ज्याला मजदुरी नै गर्ने गर्दथे ।
बैसाख ३ गते रातको ९ बजे घरबाट बेपत्ता बनेकी ती युवतीलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निकै खोजबिन गरेको थियो ।
स्थानीयले खोज्दै जांदा बैसाख ४ गते बिहान ८ बजे ओमसतिया गाउपालिका वडा नं ६ स्थित खाली खेतमा ती युवतीलाइ मृत अबस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय धकधईलाई खबर गरेका थिए ।

प्रहरीले सो घटना हत्या नै भएको ठहर गर्दै गहन रुपमा अनुसन्धान गरेको थियो । यसै बिच किशोरी सुरक्षा कमजोर भएको भन्दै रुपन्देहीका किशोर किशोरीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा अभावमा आफ्नै टोल छिमेकमा किशोरीको हत्या हुन थालेको भन्दै उनीहरुले सुरक्षाको समेत माग गरे । संवाद किशोर किशोरी संजाल रुपन्देहीले बिहीबार जिल्ला प्रशाशन कार्यालयमा ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन । उनीहरुले मंगलबार ओमसतिया ६ नरेनापुरमा आफ्नै साथीको बलत्कार गरी हत्या भएको घटनामा संलग्नलाई कडा बारबाही गर्न आग्रह गरे । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्