आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई ९ वर्ष कैंद सजाय

<span class='c1'>आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गर्ने</span> <span class='c2'>हजुरबुवालाई ९ वर्ष कैंद सजाय</span>

खोटाङ। जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो।

गत असार २ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा असार ९ गते पक्राउ परेका हजुरबालाई जिल्ला अदालतका न्यायधिश किशोर घिमिरेको एकल इजालसले बुधबार कैंद तथा जरिवानाको सुजाय सुनाएको हो।

पीडित बालिकाको असार ९ गते नै जिल्ला अदालतमा स्वास्थ्य परीक्षण गरिएको थियो। हाडनाता सम्बन्धी करणी मुद्दा भएकाले अदालतले पीडक र पीडितको नाम गोप्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्