नेपाल पत्रकार महासंघ कैलालीमा तालाबन्दी

नेपाल पत्रकार महासंघ कैलालीमा तालाबन्दी

कैलाली । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीमा तालाबन्दी गरेका छन् । बिहिबार विभिन्न तीन पत्रकारसंग सम्बन्धित संघ संगठनतले तालाबन्दी गरेका हुन् ।

उनिहरुले तीन संगठनले लगाउन खोजेको सिण्डीकेटका विरुद्द बाध्य भएर तालाबन्दी गर्नु परेको बताएका छन् । प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ७ का संयोजक शुशिल ढुंगानाले एकतर्फी रुपमा तिन संगठनले अन्य पत्रकारका संगठनलाई बेवास्था गर्दै गरेको निर्णयका विरुद्द तालाबन्दी गर्नु परेको बताए ।

उनले निर्णय नसच्याए अझै सशक्त रुपमा आफुहरु अघि बढ्ने बताए । तालाबन्दी गर्नेहरुमा प्रगतिशिल पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार संगठन र संघिय प्रेश फोरम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्