प्रदेशसभा सदस्य समेत रहेका दीपक मनाङे कारागार चलान

प्रदेशसभा सदस्य समेत रहेका दीपक मनाङे कारागार चलान

काठमाडौं । मनाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर फरार रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई पक्राउपछि कारागार चलान गरिएको छ ।

हिजो राति काठमाडौं स्वयम्यूको तीनधाराबाट पक्राउ परेका मनाङेलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज डिल्लीबजार कारागार जलान गरिएको हो ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि मनाङे फरार थिए । केही समय भारतको सिक्किममा रहेका ‘मोष्ट वाण्टेड’ मनाङे दुई सातायता काठमाडौं आसपासमै रहेको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

सांसदको सपथ नलिएका मनाङे अब २०७८ वैशाख ६ गतेसम्म कारागारमा रहनेछन् । उनले पाँचमध्ये दुई वर्ष कैद भुक्तान गरिसकेका छन् ।

मनाङेको समूहले २०६१ सालमा मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार आक्रमण गरेको थियो । सो घटनामा जिल्ला अदालत काठमाडौंले मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो । तर, सरकारी वकिलको कार्यालयले गरेको पुनरावेदनअनुसार पुनरावेदन अदालत पाटनले २०६९ सालमा ज्यानमुद्दा ठहर गर्दै मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्