दुहवीका पशुबधशालाहरुमा सडेगलेका मासु भेटिए , नगरपालिकाको अनुगमन

दुहवीका पशुबधशालाहरुमा सडेगलेका मासु भेटिए , नगरपालिकाको अनुगमन

दुहवी,  वैशाख ७। सुनसरीको दुहवी नगरपालिकास्थित पशुवधशाला र भेटनरी पसलहरुमा अनुगमन गरिएको छ ।

दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहको संयोजकत्वमा पशु सेवा शाखा कार्यालय दुहवी, सुरक्षाकर्मी, पत्रकार लगायतको टोलीले दुहवी नगरपालिकाका १३ पशुवधशालाहरु र भेटनेरी पसलहरुमा अनुगमन गरेको थियो ।

तीमध्ये अधिकांश पशुवधशालाहरु अव्यवस्थीत ढंगबाट सञ्चालन गरेको पाइएको थियो । पशुवधशालाहरु अत्यन्तै फोहर र दर्ता नभएको पाइएपछि एक हप्ताभित्र व्यवस्थित पार्न सञ्चालकहरुलाई सचेत गराइएको थियो ।

अनुगमनको क्रममा केही पशुबधशालाहरुमा सडेगलेका मासुसमेत भेटिएपछि सञ्चालकहरुलाई सचेत गराउँदै सडेगलेका मासु नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्