स्थापनाकै दिन राष्ट्रिय जनता पार्टी नेपाल ​फुट्यो

स्थापनाकै दिन  राष्ट्रिय जनता पार्टी नेपाल ​फुट्यो

काठमाडौं,७ वैशाख  । राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै राजपाका उपाध्यक्षसहितका नेताहरुले राजपा फुटेको घोषणा गरेका हुन् । राजपा नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर नयाँ पार्टी राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरु राजपाबाट फुटेको जानकारी दिएका हुन् । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकले पार्टीको महाधिवेशन नभएसम्मका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरेको यादवले जानकारी दिनुभएको छ ।

तदर्थ समितिको संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

राजपाका शिर्ष ६ नेताले मधेश आन्दोलनमा गरेको बाचा पूरा नगरेकाले आफूहरुले नयाँ पार्टी खोलेको अशोककुमार यादवले बताउनुभयो । उहाँले मधेश आन्दोलनको नाममा शिर्ष नेताले फाइदा मात्र लिएको आरोप लगाउनुभयो । उहाँले शिर्ष नेताहरुले संविधान संशोधनमा कुनै पनि भूमिका नखेलेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्