विराटनगरसँग जोडिएको दलित मात्र पढ्ने सामुदायिक विद्यालय

<span class='c1'>विराटनगरसँग जोडिएको दलित मात्र</span> <span class='c2'>पढ्ने सामुदायिक विद्यालय</span>

विराटनगर, ७ वैशाख
विराटनगर महानगरपालिका वडा नम्बर १९ को सिमासँग जोडिएको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बेगनलाल निमाबि (आधारभुत विद्यालय)मा भर्ना अभियान शुरु भईसकेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा बाल क्लबका बालबालिका सहित बिद्यालयबाट बिद्यार्थी खोज्दै गाउँ जाने कार्यक्रम शुरु भएको छ । हरेक बर्ष यसैगरी विद्यालयले बालबालिकालाई बिद्यालयमा ल्याउनको लागि अभियान संचालन गर्दै आएको भएपनि बिद्यालयले ति आएका बालबालिकालाई टिकाउनको लागि निक्कै समस्या झेल्दै आएको छ । यस विद्यालयमा अहिले सम्म ३ सय ९१ जना बिद्यार्थी पठन पाठन गर्दै आएकोमा यो बर्ष बिद्यार्थीको संख्या १ सयले बढाउने बिद्यालयको तयारी छ । कक्षा १ सम्म अंग्रेजी माध्यामबाट पठन पाठन शुरु गरेको विद्यालयमा भर्ना हुन आउने अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । यो बर्ष देखि अंग्रेजी माध्यामबाट कक्षा ३ सम्म पढाउने अभियान शुरु गरिएको छ। अहिले अध्ययन गर्दै आएका ३ सय ९१ जना बिद्यार्थी पढ्ने यो बिद्यालयमा अधिकांश दलित समु्दायका बालबालिका मात्र रहेको बिद्यालयका प्रधानध्यापक कृष्णहरी घिमिरेले जानकारी दिए । उनका अनुसार ति बिद्यार्थी मध्य ३५ जना अन्य जाति तथा समुदायको भएपनि अन्य सबै बालबालिका दलित समुदायको रहेका छन् ।
बिहिवार मात्र पनि ४१ जना बालबालिका विद्यालय भर्ना भएका छन् । यि भर्ना हुन आएका अधिकांश बालबालिका दलित बालबालिका हुन । उनीहरुका बुबा आमा अरुको घरमा काम गर्न जाने पयिरवारका बालबालिका यो बिद्यालयमा पढ्नको लागि आउने गरेको प्रअ घिमिरेले सुनाए । बिद्यालयमा सिमान्तकृत ऋषिदेव, बाँतर र झाँगड समुदायका बालबालिका बिद्यालयमा पठन पाठन गर्दै आएका छन् ।
एलईडी र प्रोजेक्टरको माध्यामबाट पठन पाठन गराउँदै आएको यस विद्यालयले अन्य बिद्यालय भन्दा नयाँ प्रयोग गर्दै आएको छ । अन्य सामुदायिक बिद्यालयहरुमा अंग्रेजी र नेपाल माध्याममा पठन पाठन गर्ने बिद्यालयहरुमा फरक फरक बिषय त पढाईन्छ नै पोसाक पनि फरक फरक बनाईँदै आएको तितो यथार्थलाई यो बिद्यालयले चिर्दै आएको छ । कक्षा ३ सम्म सबैले अंग्रेजी माध्यामबाट पढ्न पाउँछन् । अंग्रेजी माध्यामको मोह बढ्दै गएको अबस्थामा बिद्यार्थीलाई नजिकैको निजी बिद्यालयमा जान नदिनको लागि कक्षा ३ सम्म एकै खालको अंग्रेजी माध्यामबाट पठन पाठन शुरु गरिएको प्रअ घिमिरेले बताए ।
निजीका बिद्यार्थी सामुदायिकमा
विद्यार्थी भर्ना अभियान अन्तरगत मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य वेगनलाल माध्यामिक बिद्यालयमा आयोजना भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहभागी हुन पुगेका थिए । शैक्षिक सामाग्री वितरण गर्ने क्रममा केही नयाँ बिद्यार्थीहरु पनि आएका थिए त्यो सँगै उनीहरुका अभिभावक पनि थिए । आएका नयाँ बिद्यार्थी मध्यका एक फुल कुमारी सरदार आफ्नो छोरा आदित्यलाई लिएर आएकी हुन । उनले यस अघि नजिकै रहेको लालिगुराँस बोर्डिङ स्कु्लमा पढडाउँदै आएकी थिईन । तर त्यस बिद्यालयमा पढाई राम्रो नभएको भन्दै अर्की अभिभावक नेमनी सरदार पनि बिद्यालयमा आफ्नो सानो छोरालाई कक्षा ३ मा भर्ना गराउने भन्दै आएकी हुन । यसरी यो बर्ष यसै बिद्यालयमा मात्र १० जना भन्दा बढी बिद्यार्थी सामुदायिक बिद्यालय छाडेर आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्