रङ्गमञ्चमा दीपाको अभ्यास, विराटनगर देखि ग्रामिण वस्तीसम्म दुई हजार बढी अभिनय

रङ्गमञ्चमा दीपाको अभ्यास, विराटनगर देखि ग्रामिण वस्तीसम्म दुई हजार बढी अभिनय

प्रेम देवान
विराटनगर, ८ वैशाख।
जन्मको हिसाव गर्ने हो भने अहिले उनी भर्खर ३० बर्षकी भईन् । नेपाली रंगमञ्चलाई असाध्यै मन पर्ने बिधाको रुपमा लिएकी उनले अहिलेसम्म धेरै रङ्गमञ्चीय अभ्यासहरु गरिसकेकी छिन् । यि कलाकार हुन् बिराटनगर १९ रानीमा जन्मीएकी दीपा पोखरेल । बुबा यज्ञप्रसाद पोखरेल र आमा रेनुका पोखरेलले नाटकको अभ्यासको बारेमा जाकारी गराउँदै रातारात उठाएर नाटक हेर्न लगाउँदै गर्दाको अनुभावसँगालेकी दीपा यतिबेला रङ्गमञ्चलाई आफ्नो कर्मथलो बनाएकी छन् ।
हाल विराटनगर १ पोखरियामा बस्दै आएकी दिपा पोखरेल सानै उमेरदेखि नायिका निरुता सिह र मिथिला शर्माको अभिनयबाट प्रभावित भएकी हुन् । आफुपनि उनीहरु जस्तै कलाकार बन्ने तिब्र ईच्छा जागेको सुनाउँछिन् ।
हुनत उनको परिवारिक पृष्ठभुमी कलाकारीता भने हैन । यद्यपी उनमा कलाकारिताको बारेमा आउने टेलिसिरियल र महजोडीले गर्ने अभिनय नै दीपालाई रंगमञ्चमा ल्याउने एउटा आधार तय भयो । त्यसलाई सहयोगीको रुपमा उनका बुबा यज्ञप्रसादले गरे । उनी भन्छिन्, ‘म राती सेतेको बेलामा बुबाले उठाएर मदनकृष्ण र हरिबंश दाईको टेली फिल्म हेर्न लगाउनुहुन्थ्यो ।’ त्यसैको प्रभाव पछिसम्म दिपामा पर्दै आयो र उनी अभिनय गर्ने दृढ ईच्छाका साथ रंगमञ्चीय अभ्यासमा लागिन् ।
विराटनगर १९ रहेको मेरीगोल्ड स्कुल र पोखरियमा पढेकी दिपा स्कुल पढ्दा कम बोल्ने गर्थिन । निकै लजालु स्वाभावकी दिपा साथीहरुसँग पनि लजाउँथिउन् । उनी भन्छिन् ‘म अहिले पनि लजालु स्वाभावकी छु ।’
उनी घरमा बस्दा टिभीमा देखाईने फिल्म र नाटकहरु निरन्तर हेर्थिन् । त्यहाँ गरिएका अभिनयका एक–एक स्टेपका चाल र शब्द मुखमा कन्ठस्थ पार्थिन् । अझ निरुता र मिथीला शर्माको अभिनय त ढोका बन्द गरेर एैना हेर्दै आफै उनीहरु जस्तै बनेर अभिनय गर्ने गरेको स्मण दिपामा छ ।
यसरी शुरु भयो नाटक
जव उनी बुझ्ने हुँदै जान थालिन अनी दीपामा एकखालको नाटकको नसाले उनलाई चुर्लुम्मै डुवायो । वि.स.२०६० साल देखि सडक नाटक खेल्न सुरुवात गरिन् । विराटनगरमा रहेको ताल कला समुहमा नाटक गर्दा भाले रेविज नाटक गरेको थिएँ । त्यही नाटक नै उनको नाटकको पहिलो अनुभव हो ।
करिब २ बर्षसम्म साथीहरुसँग काम गरिन् । त्यसपछि उनले विराटनगर हाटखोलामा रहेको आरोहण गुरुकुल शुशिला नाटक घरबाट अभिनय सिक्ने मौका पाईन् । उनले शुनिल पोखरेल, निशा शर्मा, सौगात मल्ल लगायत अन्य थुप्रै राष्ट्रिय नाटक घरका पोख्त कलाकारहरुबाट सिकेको अभिनयले उनलाई रंगमञ्चमा थप बल पुग्यो ।
करिब १० बर्ष जति भयो गुरुकुलमा उनले अभिनय गर्न थालेको । ‘पुराना कलाकारले गर्ने अभिनयको प्रभाव नै मान्नुपर्छ दीपाले भनिन्, एक्लै गरिने नाटकको प्रभाव र पछिल्ला दिनमा सिकेका सिप नै मेरा लागि अभिनयको माध्याम बन्यो ।’
दिपाले पहिलो पटक नाटक गदाको अनुभव सुनाउँदै भनिन्, ‘कर्णली दखिण बग्दछ, नाटक भन्दा पहिला गरेको ‘भाले रेविज’ नाटक गर्नुपर्ने थियो, त्यो नाटक मञ्चनको लागि मञ्चमा जाँदा काँमेको थिएँ ।’ पहिलो पटकको शो गर्न लाग्दा मनमा धेरै डर पलाएको थियो । तर पनि निडर भएर जेपर्ला पर्ला भन्दै मञ्चमा पहिलो पटक नाटक खेलेको उनले सुनाईन ।
नाटक मञ्चन भईसकेपछि सबैले मेरो अभिनय उत्कृष्ट भएको सुनाए । म त्यो बेला धेरै नै खुशी भएको थिए अनि त्यो बेलादेखि मेरो अरु जिम्मेवारी बढेको छ भनेर नाटकमा लगनशिल भएर नाटक खेल्न थालेँ, उनले भनिन् ।
उनी अहिलेसम्म विराटनगर लगायत आसपासका गाविस र बाहिरी जिल्लाहरुमा गएर दुई हजार बढी सडक नाटकमा अभिनय गरिसको बताउछिन् । उनले ‘चतुरेको दाउ पेज’ ‘बहादुरपुरको दन्त्य कथा’ ‘कर्णली दखिण बग्दछ’ ‘सुईना कर्णालीका’ बालश्रम जस्ता नाटकघरहरुमा नाटक खेलिसकेकी छिन् । यसका अलवा सर्ट–मुभि र केही विज्ञापनहरुमा पनि आफ्नो अभिनय पोखिएको उनले सुनाईन् । उनी आगामी दिनमा एकल नाटकको तयारीमा जुटेकी छिन् ।
एकल नाटकसँगै उनी अन्य नाटकको लागि बिभिन्न पुस्तकहरुको खोजीमा छिन् । अहिले उनी नाटकको तयारीमा ५ वटा पुस्तक अध्ययन गर्दैछिन् । भुसको आगो, च्यातिएको पर्दा, कोईकिन बर्वादहोस्, दोष कसैको छैन, भोकोघर रहेका छन् । यो मध्यबाट कुनै एउटा पुस्तकलाई आधार बनाएर नाटक गर्ने योजनाका साथ उनी लागेकी हुन् ।
फिल्म खेल्ने रहर
पछिल्लो समय थिएटरका कलाकारहरु फिल्म लाईनमा पनि प्रवेश गर्ने भएता पनि उनमा पनि त्यो ईच्छा रहर छ, तर आफूले भने जस्तो कथा बस्तुको खोजीमा छिन् । उनले भर्खरै मात्र आरोहण गुरुकुलमा ‘मसान’ नाटकमा मुख्य कलाकारको भुमिका निर्वाह गरिन् । रङ्गकर्मीको काम आफू रुएर अरुलाई हसाँउने विधा भएका कारण सबै रङको मिश्रण भएका कारण रङ्गमञ्चमा डुब्न निकै कठिन हुने उनले सुनाईन् ।
आर्थिक रुपमा हेर्ने हो भने नाटकमा लागेर पैसा कमाउन नसकिने उनको अनुभव छ । लामो समयदेखि बिराटनगरलाई कर्मक्षेत्र बनाएर नाटक गर्दै आएपनि कुनै प्रगति नभएपनि सबैको मायाँ पाएकोमा दीपा खुसीछिन् । ‘नाटकमा लागेर पैसा कमाउँछु भनेर सोच्दै नसोचे हुन्छ, उनले भनिन् यदि पैसा कमाउने हो भने काठमाण्डौ नै जानुपर्छ ।’
नेपालमा पछिल्लो समयमा रङ्गमञ्च प्रति युवावर्गको आकर्षण बढ्दै गएको पाइएको छ । पहिले काठमाडांैमा मात्र सिमित रङ्गमञ्च अहिले धेरै सहरहरुमा पुगिसेको छ, त्यो पनि नाटक घरको रुपमा । अहिले विराटनगर र झोराहाटमा २ वटा नाटक घरहरु नियमित नाटक देखाउने स्थलको रुपमा छन् । यि नाटक घरहरुले नाटक त देखाएका छन् नै यिनै नाटकघरहरुबाट राष्ट्रिय स्तरमा कलाकार जन्माउने काम पनि भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्