सामुदायिक विद्यालयमा अंग्रेजी मोह विद्यार्थी विभाजोन्मुख,विराटनगरका सामुदायिक बिद्यालय निःशुल्क की सशुल्क ?

सामुदायिक विद्यालयमा अंग्रेजी मोह विद्यार्थी विभाजोन्मुख,विराटनगरका सामुदायिक बिद्यालय निःशुल्क की सशुल्क ?

विराटनगर, ८ वैशाख
बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा रहेको नरग्राम माध्यामिक बिद्यालयमा २०७० साल देखि अंग्रेजी माध्यामबाट पढाउन शुरु भएको हो । यहाँको विद्यालयले शुरु गरेको अंग्रेजी माध्याम पोखरिया माध्यामिक बिद्यालय पछिको पहिलो भएको दाबी हुँदै आएको छ । तर यो बिद्यालयमा दुई प्रकारका बिद्यालय पोसाक लागु गरिएको छ । बिद्यालयले लागु गरेको बिद्यालय पोसाकमा अंग्रेजी माध्यामको बोर्डिङ स्कुलको आधार बनाईएको छ भने नेपाली माध्यमबाट पठन पाठन गर्ने बिद्यार्थीको फरक पोसाक रहेको छ । अंग्रेजी माध्याममा पढ्ने बिद्यार्थीले हरियो पेन्ट अनी सेतोमा हरियो धर्का भएको सर्ट ब्यवस्था गरिएको छ भने नेपाली माध्याममा घ्यु कलरको सर्ट र खराने कलरको पाईन्टको ब्यवस्था गरिएको छ । यसरी एउटै बिद्यालयमा दुई प्रकारको शिक्षा अनि दुई किसिमको बिद्यालय पोसाकसँगै हेर्ने दृष्टीकोण नै फरक भएपछि कसरी सामुदायिक बिद्यालयले एक रुपता ल्याउलान् भन्ने अन्यौल छ । दुई प्रकारका पोसाकको बिषयमा बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको नरग्राम मा.बि. शिक्षक अभिभावक संघका अध्यक्ष होमनाथ तिमल्सिनाले आरोप लगाए । तर बिद्यालय प्रशासन भने त्यो बिषय अब लामो समय नटिक्ने दाबी गर्दै आएको छ । नरग्राममा बिद्यालयका प्रधानाध्यापक भिम बस्नेतलले अबको दशैसम्ममा सबै बिद्यार्थीलाई एकै प्रकारको बिद्यालय पोसाक कार्यान्वयनमा ल्याउने पहल भईरहेको बताए ।
‘हामीले एक्लो निर्णय गरेर यो कार्यान्वयनमा ल्याउन भन्दापनि अभिभावकको सहभागीतामा पोसाकमा एकरुपता होस भनेर दशै सम्ममा कार्यान्वयन गर्न लागेका हौ, प्रअ बस्नेतले भने, अहिले तत्काल कार्यान्वयनमा जाँदा अभिभावकलाई नै समस्या आउँछ ।’ शुरुमा ७० जनाबाट शुरु भएको अंग्रेजी माध्याममा अहिले ४ सय ७२ जना बिद्यार्थी छन् । तर त्यो भन्दा बढी नेपाली माध्याममा ७ सय ९८ बिद्यार्थी रहेको बिद्यालयले जनाएको छ । यस्तो अबस्था अन्य बिद्यालयको पनि छ । अहिले नाम चालेका सामुदायिक बिद्यालयहरुको पठन पाठन अंग्रेजी र नेपाली माध्यामको फरक त छ नै उनीहरुले बिद्यालय पोसाकमा पनि एक रुपता गर्न सकेका छैनन । अधिकांश अंग्रेजी माध्याममा पढाउने बिद्यालयले नेपाली माध्यामको एकखालको पोसाक र अंग्रेजी माध्यामको अर्कै खालको गराउँदै आएका छन् । यसरी अंग्रेजी माध्यामको पढाई गरेर फरक फरक पोसाक गराउनेमा अधिकांश अंग्रेजी माध्याममा पढाउने बिद्यालय छन् । विराटनगरमा रहेको आदर्श, राधाकृष्ण, सत्यनारायण, पोखरिया, नरग्राम तथा उर्लावारीको एक सामुदायिक बिद्यालयले पनि अंग्रेजी माध्याम शुरु गएको केहीप् बर्ष बिति सकेका छन् । यि बिद्यालयहरु मध्य पोखरिया, नरग्राम र आदर्श माध्यामिक बिदालयले गाडी खरिद गरिसकेका छन् । बिद्यालय भौतिक पुर्बाधारमा जतिको अब्बल छन् त्यही अनुपातमा शिक्षामा पनि अब्बल बनाउँदै लगेका छन् । तर विद्यार्थी बिद्यार्थी बिचमा गरिने ब्यवहार अंग्रेजी र नेपालीमा फरक छ । .यी सामुदायिक बिद्यालयमा भर्ना हुनको लागि परिक्षा दिएर पास भएपछि मात्र पढ्न पाईन्छ । यी विद्यालय मध्ये पनि पोखरीया माध्यामिक बिद्यालय अहिले सबैको रोजाईको बिद्यालय बन्दै आएको छ । त्यसपछिका बिद्यालयहरु सत्यनारायण, आदर्श तथा राधाकृष्ण स्कुल रहेका छन् । यी बिद्यालयहरुले बिद्यार्थी पाउन निक्कै गाह्रो हुँदै आएपछि बिद्यालयहरुले रणनिति परिवर्तन गरेर अंग्रेजी माध्यामबाट पढाउन थालेका हुन् । बिद्यालय प्रशासनका अनुसार २ सय ११ जना बिद्यार्थी भर्नाको लागि ५ सय ४५ जनाले यो बर्ष पोखरियामा परिक्षा दिए । यो कक्षा ६ देखि ९ सम्मको अबस्था हो । यसरी आउनेमा अधिकांश निजी बिद्यालयबाट आएका बिद्यार्थी भएको बिद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले बताए ।
सामुदायिक बिद्यालय निःशुल्क की सशुल्क ?
सामुदायिक विद्यालयमा सरकारले ठुलो लगानी गरेको छ । त्यही लगानीलाई आधार मान्ने हो भने निजी विद्यालयले धेरै उपलब्धी हाँसिल गर्न सक्ने बताईन्छ । तर भौतिक पुर्वाधार जनशक्तिको ब्यवस्थापन अनी सबै बिषयमा भरिपुर्ण बिद्यालयहरु अहिले पनि अंग्रेजी माध्यामको नाममा सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थीको अभिभावकबाट रकम असुल्छन् । टंकी सिनवारीमा रहेको नरग्राम माबिले प्रति बिद्यार्थी मासिक २ सय देखि एक हजार २ सय सम्म उठाउँदै आएको छ । नर्सरीमा अंग्रेजी माध्याममा पढ्ने एउटा बिद्यार्थीले २ सय मासिक तिर्दै आएका छन् भने कक्षा १० मा पुग्दा त्यही बिद्यार्थीले एक हजार २ सय तिर्नु पर्ने नरग्राम माबिमा प्र.अ. बस्नेतले बताए । विराटनगरमा रहेको सत्यनारायण माध्यामिक बिद्यालयले पनि बिद्यार्थीहरुबाट विद्यालय विकास सहयोगको नाममा अंग्रेजी माध्याममा पढेका विद्यार्थीबाट रकम लिन्छ । विद्यालय विकास सहयोगको लागि भन्दै प्रति बिद्यार्थी १२ हजार देखि १६ हजार बार्षिक रकम बिद्यार्थीले विद्यालयमा तिर्नुपर्छ । कक्षा ६ मा बर्षको १२ हजार तिर्नुपर्छ भने कक्षा १० मा पुग्दा ईलेक्ट्रिकल इन्जिनियर पढ्नेले १६ हजार विद्यालय विकासको सहयोगमा खर्च गर्नुपर्ने बिद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले बताए । यो विद्यार्थीले तिरेको रकमबाट शिक्षकहरुको अंग्रेजी माध्याममा खर्च हुने बिद्यालयका प्रअहरु बताउँछन् । तर सामुदायिक बिद्यालयमा पठन पाठनको बिषयलाई प्रभावकारी गराउन तयार रहेका शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति किन नेपाली माध्यामका बिद्यार्थीको बिषयमा संवेदनशिलन छैनन् भन्ने गम्भीर प्रश्न जन्मिएको छ। अहिले पनि हरेक अंग्रेजी माध्याममा पढाउने बिद्यालयहरुले एउटा बिद्यालयमा १७ जना भन्दावढी शिक्षक निजी श्रोतबाट राखेका छन् । तर त्यसको दोब्बर बढी शिक्षक नेपाली माध्याममा पढाउने गर्छन् । ति नेपाली माध्याममा पढाउने जनशक्ति भनेको अधिकांश शिक्षक सेवा आयोग पास गरेर आएका छन तर तिनै शिक्षकले अंग्रेजी माध्याममा पढाउन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्