भक्तपुरका मेयर माथि साँझ सांघातिक आक्रमण , निजी गाडीमा तोडफोड

<span class='c1'>भक्तपुरका मेयर माथि साँझ सांघातिक</span> <span class='c2'>आक्रमण , निजी गाडीमा तोडफोड</span>

भक्तपुर,८ वैशाख  । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ । साँझ ६ बजे आफ्नै घरभित्र प्रवेश गर्दै गर्दा मेयर श्रेष्ठमाथि नचिनेका दुई व्यक्तिले रडले हानेका हुन् । घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले हान्न थालेपछि मेयर श्रेष्ठले नजिकै रहेको मोबाइल पसलमा पसेर ज्यान जोगाउनुभएको मोबाइल पसलकी सञ्चालिका सुशीला लम्सालले बताउनुभयो । घाइते श्रेष्ठको अहिले मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

मेयरमाथि आक्रमण गरेपछि ती व्यक्तिले मेयरको बा ८ च ८७२० नम्बरको निजी गाडी तोडफोड गर्दै पूर्ण रुपमा क्षति पुर्याएका छन् । आक्रमणकारीको खोजी भैरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्