आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

काठमाडौं,९ वैशाख ।  आजराति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आज राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न/देख्न सकिनेछ ।

खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको उहाँले बताउनुभयो । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौँ किलो मिटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका ध'लाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा यो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने  गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्