मोरङको जुडी खोलामा डुबेर एक जनाको मृत्यु

मोरङको जुडी खोलामा डुबेर एक जनाको मृत्यु

विराटनगर, ९ वैशाख ।
मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहाको डङटोली स्थित जुडी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। खोला तर्नेक्रममा कटहरी गाउँपालिका ७ बस्ने ६५ वर्षीय भिम बहादुर माझीको मृत्यु भएको प्रहरी चौकी झोराहाटले जनाएको छ ।
त्यस्तै खोटाङको हलेसी–तुवाचुङ नगरपालिका ५ बस्ने पर्षा राईको छोरा दयन राई सनकोशी नदीमा डुबेर बेपत्ता भएका छन। वनभोज खान जाने क्रममा पौडी खेल्न गएका राई शनिबार साँझ खोलामा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका हुन। घटना बारे वेपत्ता युवाको बिषयमा इलाका प्रहरी कार्यालय हलेसीको टोलीले खोजी कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्