हवल्दारमाथी कुटपिट गर्ने प्रहरी फन्दामा ,दुई जना फरार

हवल्दारमाथी कुटपिट गर्ने प्रहरी फन्दामा ,दुई जना फरार

सुनसरी, ९ वैशाख ।
सुनसरीमा आफ्नै हवल्दारमाथि हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ मनकामना चौकमा गएराती घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथी कुटपिटमा संलग्न तीन मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो । मनकामना चौकमा निशान राई र उनकी पत्नी सरिता राई बिच झै–झगडा हुँदैछ भन्ने जानकारी पाएर पुगेको इलाका प्रहरी कार्यालय ईटहरीको टोलीका हवल्दार अर्जुन भुजेल माथि स्थानीय ३ जनाले आक्रमण गरेका थिए । घटनास्थल पुगेका प्रहरी हवल्दारमाथी स्थानीय तीन जना युवाहरुले कुटपिट गर्नुका साथै बा २ ब १३५९ नम्बरको मोटरसाइकलमा तोडफोड गरेका थिए। कुटपिटमा संलग्न ईटहरी–४ का २१ वर्षीय शुक्र राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाउको छ । घटनामा संलग्न ईटहरी–४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई फरार रहेकाले खोजी कार्य भई रहेको छ। कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बाँया हात भाचिएकाले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्