झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे शुरु

<span class='c1'>झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन</span> <span class='c2'>उडानका लागि सर्भे शुरु</span>

बनियानी, झापा (रासस)।  झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ ।

रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन  कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिए। उनका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार भएको छ । अहिले विमानस्थलमा पाँच हजार मिटरबाट विमान अवतरण र उडान भइरहेको छ ।

आइएफआर प्रविधिपछि १७ सय मिटरबाट अवतरण र उडान गर्न सकिने कार्यालयले जनाएको छ । तीन महिनाभित्र काम सम्पन्न गरेर आगामी दशैँसम्ममा रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको प्रमुख चुडालले बताए  । रात्रि उडानका लागि बुद्ध एयरले परीक्षण उडान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्