बिराटनगरको नोबेल अस्पताललाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत सम्मान

बिराटनगरको नोबेल अस्पताललाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत सम्मान

विराटनगर, वैशाख ९ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई शनिवार वेलवारीमा सम्मान गरिएको छ । निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित निरन्तरखवर अनलाईन मिडियाको उद्घाटन कार्यक्रमका अवसरमा नोबेल अस्पताललाई सम्मान गरिएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाम्फेले नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए । स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकाले नोबेल अस्पताललाई सम्मान गरिएको प्रा.लि.का अध्यक्ष भोजराज बस्नेतले जानकारी दिएका छन् ।

विराटनगरमा २०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीहरुलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ । दैनिक करिव दुई हजार विरामीको उपचार हुँदै आएको नोेबेलमा बार्षिक १८ करोड वरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् ।

नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ । नोबेल मेडिकल कलेजमा एमडी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्