राजधानीमा घर भएका सांसदकाे आवास सुविधा खोसिने

राजधानीमा घर भएका सांसदकाे आवास सुविधा खोसिने

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुले आवास सुविधा लिएको पाइएमा अब सो सुविधा वापतको रकम असुलउपर हुने भएको छ । संघीय संसद सचिवालयले त्यस्ता सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए–नभएको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

राजधानीमा निजी आवास हुँदाहुँदै पनि आवास सुविधा लिन नपाइने र साे लिएको सार्वजनिक भएमा असूलउपर समेत गर्नुपर्ने भएकाले यथार्थ विवरण पेश गर्न सचिवालयले आग्रह गरेको हाे।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलब्ध गाराउने व्यवस्था छ । संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाबमिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुविधा लिएको भए सो रकम खोसिनेछ ।

प्रष्ट कानुनी व्यवस्था नभए पनि राजधानीमा घर हुने सांसदहरुलाई आवास सुविधा दिन नमिल्ने सचिवालय स्रोतले जनाएको छ । तर उनीहरुलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलब्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउने पनि स्रोतले जनाएको छ ।

तर राज्यले नै आवास सुबिधाबापत घर दिइरहेका सभामुखले पनि आवास सुबिधा बापत २८ हजार २७५ रुपैयाँ पाउँदै अाएका छन्, त्याे कानुनी हाे कि गैरकानुनी भन्ने खुलाइएकाे छैन ।

सचिवालयले सांसदहरुलाई घरको विवरण स्वेच्छिक रुपमा उपलव्ध गराउन आग्रह गरेको छ । राजधानीमा घर हुने सांसदहरुको संख्या यकिन र्गन नसकिए पनि ४० प्रतिशत सांसदको घर राजधानीमा रहेको आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्