अपाङ्ग महिलालाई यौन शोषण गर्ने एक पक्राउ

अपाङ्ग महिलालाई यौन शोषण गर्ने एक पक्राउ

भरतपुर । चितवनमा एक अपाङ्ग महिलालाई यौन शोषण गरेको आरोपमा प्रहरीले आश्रम सञ्चालकलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको गणेश अपाङ धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णुप्रसाद शर्मालाई चितवन प्रहरीले बिहीबार पक्राउ गरेको चितवन जिल्ला कार्यलय चितवनले जनाएको छ । शर्माले धार्मिक आश्रममै रहेकी किशोरीलाई यौन शोषण गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

शर्माले आश्रममै बस्दै आएका अपाङ्गता भएका किशोरी र महिलालाई यौन शोषण गरेको डीएसपी ढकालले बताए । उनले भने ‘हामीलाई प्राप्त भएको सूचनामा वैशाख १ गते राति आश्रममा रहेका दुईजनालाई सञ्चालक शर्माले जबर्जस्ती करणी गरेको भन्ने छ’ । यस घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी ढकालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्