२५ मेगावाटको अरुण काबेलीले बैशाखभित्रै उत्पादन थाल्ने

<span class='c1'>२५ मेगावाटको अरुण काबेलीले</span> <span class='c2'>बैशाखभित्रै उत्पादन थाल्ने</span>

अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ आयोजनाबाट यही बैशाख महिनाभित्र बिजुली बाल्ने तयारी गरिरहेको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा अवस्थित यस आयोजनाले यही महिनाको अन्त्यसम्ममा उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।

परियोजनाको बाँध, डिसेण्डर बेसिन, सर्ज ट्यांक, विद्युतगृहको काम शतप्रतिशत सम्पन्न भइसकेको छ । विद्युतगृहमा मेसिन जडान गर्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पेनस्टक पाईपको जडान पनि लगभग टुंगिएको छ ।

पाइपबाट टर्बाइनसम्म पानी पुर्याउने काम बाँकी रहेको र सो कार्य यही बैशाखभित्र सम्पन्न गरी बिजुली उत्पादन थाल्ने आयोजनाले जनाएको छ । अरुण भ्याली हाईड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको अरुण काबेलीबाट उत्पादन हुने २५ मेगावाट बिजुलीले देशको बढ्दो बिद्युत मागलाई धान्नलाई महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ । निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुनेछ ।

यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले रु ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मुनाफा प्राप्त गर्ने छन् ।

अायाेजनालार्इ प्रसारण लाइनको मुख्य समस्या रहेको छ । सरकारले काबेली करिडोरमा बनाइरहेको ९० किलोमिटर लामो मेची करिडर प्रसारण लाईनको काम तोकिएको समयमा पुरा नगरेर पटकपटक म्याद थपिदा त्यहाँ बनिरहेका धेरै आयोजना मर्कामा परेका छन् । २०७४ बैशाखमा पुरा हुनुपर्ने प्रसारण लाईन निर्माणको काम अझैसम्म पुरा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्