विराटनगरको धरानरोडमा स्कुटरमाथि यसरी चढ्यो टिप्पर (फोटो फिचर सहित)

विराटनगरको धरानरोडमा स्कुटरमाथि यसरी चढ्यो टिप्पर (फोटो फिचर सहित)

विराटनगर, ९ वैशाख ।
विराटनगरमा टिप्परले स्कुटरलाई ठक्कर दिएको छ । महेन्द्रचौकबाट बरगाछी तर्फ जाँदै गरेको को ३३ प ५१८७ नम्बरको स्कुटारलाई सोही दिसा तर्फ जाँदै गरेको ना७ ख ३२२० नम्बरको टिप्परले विराटनगरको विराटनर्सिङहोम नजिकै ठक्कर दिएको हो । टिप्परको ठक्करबाट स्कुटरको पछिल्लो भागमा क्षती पुगेको छ । स्कुटर चालक मनिला सुवेदीले पछाडीबाट आएको टिप्परले ठक्कर दिएर लडाएपछि आफु भागेर ज्यान जोगाएको बताईन ।
टिप्पर चालकले लापरवाही रुपमा टिप्पर चलाउँदा धन्न बाँचेको उनले आवर बिराटनगरलाई जानकारी दिईन । ‘टिप्परले ठक्कर दिएपछि स्कुटर लडेको थियो त्यहीँ माथि टिप्परले स्कुटरलाई किचेको थियो, उनले भनिन् ‘स्कुटर लड्ने बितिकै म नभागेको भए मर्ने थिएँ ।’ टिप्पर चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
विराटनगरको विकासका लागि भन्दै पछिल्ला दिनहरुमा बिराटनगरमा टिप्पर आतंक बढेको छ । टिप्पर लापरवाही रुपमा चलाउँदा दुर्घटना बढ्दै जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्