किन असुरक्षित हुँदैछ विराटनगर ? विराटनगरमा युवकमाथी चक्कु प्रहारगरी लुटपाट

किन असुरक्षित हुँदैछ विराटनगर ? विराटनगरमा युवकमाथी चक्कु प्रहारगरी लुटपाट

विराटनगर, १० बैशाख ।
पछिल्ला दिनमा विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि आक्रमण, कुटपिट, छुरा प्रहार, वम आक्रमण तथा गोली प्रहार सम्मका घटना भईरहेका छन् । तर यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । मोरङको विराटनगर ११ मा गएराती एक युवकमाथी चक्कु प्रहार गरी लुटपाट भएको छ। विराटनगर ११ स्थित सगरमाथा वोर्डिङ स्कुल नजिकै डेरा गरी बस्ने सप्तरी महुली–६ घर भएका १७ वर्षीय आशिष चौधरीमागिथ अपरिचित ४÷५ जनाको समुहले चक्कु प्रहार गरी नगद १८ हजार तथा मोवाईल लुटेको प्रहरीले जनाएको छ ।
राती १० बजे डेरातर्फ जादै गरेका चौधरीलाई ति समुहले रोकेर चक्कु हानी लुटपाट गरी फरार भएको घाईते चौधरीले प्रहरीलाई बताए। चौधरीको बाँया कुममा चक्कुले काटेको छ । उनलाई उपचारका लागि कोशी अंचल अस्पताल भर्ना गरिएको छ । लुटपाटमा संलग्न समुहको प्रहरीबाट खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी सुनसरीको इटहरी ५ स्थित भित्री सडकमा गएराती स्थानीय २३ वर्षीय नगेन्द्र यादवलाई बाटोमा मदिरा सेवन गरेका तीन जनाको समुहले छुरा प्रहार गरी फरार भएका छन। यादवको ढाडमा र बाँया पातामा छुरा लागेको छ। उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ। घटना बारेमा प्रहरीबाट अनुसन्धान एवं छुरा प्रहार गर्ने समुहको खोजी भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्