विराटनगरका साजिद आलम “मिस्टर इन्टरनेसनल २०१८ ”मा सहभागी हुन म्यानमार प्रस्थान

विराटनगरका साजिद आलम “मिस्टर इन्टरनेसनल २०१८ ”मा सहभागी हुन म्यानमार प्रस्थान

प्रेम देवान
विराटनगर १० बैशाख । एक नम्बर प्रदेशको राजधानी विराटनगरका युवावर्ग पछिल्लो समय फेशन शो तथा व्यूटी प्याजेन्ट तर्फ आर्कर्षित हुदै गएको पाइन्छ ।
भर्खरै मात्र विराटनगरका दुई चेली ‘मिस नेपाल २०१८’ मा सहभागीता जनाएर स्प्रर्धामा उत्रिए । भलै उनीहरुले मिस नेपालको ताज पहिरन नसके पनि विराटनगरबासीले मिस नेपालको ताज पहिरेको महशुस गरेका छन् ।
२३ बर्ष देखि नेपालमा सञ्चालन हुदै आएको मिस नेपालमा सहभागी हुन सक्नु चानचुने कुरा हैन । यसका लागी धेरै नै सघर्षका पाईलहरु चाल्नु पर्छ । जसरी आज बिराटनगरका दुई चेली अनुपमा बास्तोला र शिक्षा संग्रौलाले मिस नेपालका लागी जुन देन दिएका छन् सम्भवत भोलीका कमै पुस्ताले देलान् । तर जे सुकै होस उनीहरुले मिस नेपालमा आफ्नो सहभागीता जनाएर आउन सक्नु अत मिस नेपालमा छनौट हुन सक्नु नै सबैभन्दा ठूलो गर्वको विषय हो ।

यस्तै अर्का विराटनगरमा अनुपम विक्रम शाही भनेर चिनिदै आएका युवा मोडल साजिद आलमले प्रो(स्टाइल म्यान हन्ट २०१७” मा सेकेन्ड रनर अप भएका थिए । आज त्यसकै फलस्रुप साजिद “मेन हन्ट इन्टरनेसनल २०१८ ” मा सहभागी हुन म्यानमार प्रस्थान गरेका छन् ।

[caption id="attachment_52775" align="aligncenter" width="768"] विराटनगरका साजिद आलम “मेन हन्ट इन्टरनेसनल २०१८ ” सहभागी हुन म्यानमार प्रस्थान गर्दै ।[/caption]

आगामी अप्रिल ३० म्यानमारमा हुन लागेको “मेन हन्ट इन्टरनेसनल २०१८ ” मा ८५ राष्ट्रका युवा मोडलहरु सहभागीता हुदैछन् । नेपालबाट आईतबार म्यानमार प्रस्थान भएका आलमलाई प्रधानमन्त्री के.पी शर्मा ओली तथा मन्त्री लालबाबु पण्डितले समेत शुभकामना दिएका छन् । आलम ‘भन्छन् सपना मेरो उपाधी जित्ने नै हो ।, ‘यदि मैले उपाधी नजिते पनि त्यो स्थानमा सम्म पुगेर नेपालको नाम राख्नु नै ठूलो कुरा हो ।’ उनले आवर विराटनगर डट नेटसँग संक्षित कुरा गर्दै भने नेपालबाट मोडलिङलाई चिनाउन सहभागीता जनाउन जादैछु, ‘जे भए पनि नेपाल फेशनको दुनियामा अगाडी छ भनेर चिनाउनु छ ।’

[caption id="attachment_52778" align="aligncenter" width="768"] model sajid alam[/caption]

 

शीर्षकमा मिस्टर इन्टरनेसनल हुनुपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थी  छौ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्